मेलबर्न। अष्ट्रेलियाको नागरिकताको लागि नयाँ परिक्षा नोभेम्बरमा हुनेभएको छ। अष्ट्रेलियाका कार्यवाहक अध्यागमन मन्त्री एलन टुजले अन्तर्वार्ताका क्रममा नयाँ सिटिजनसिप टेस्ट नोभेम्बरमा हुने जनाएको SBS News ले उल्लेख गरेको छ।

नयाँ परिक्षामा नयाँ प्रश्नहरु थपिनेछन्। नयाँ प्रश्नहरु अष्ट्रेलियाको भ्यालुसंग सम्बन्धित रहने बताइएको छ। यस सम्बन्धी तयारी पुस्तक छिट्टै उपलब्ध हुने मन्त्री टुजले बताएका छन्।

कार्यवाहक अध्यागमन मन्त्री एलन टुजका अनुसार, सरकारले नयाँ प्रश्न थपेर परिक्षालाई जटिल बनाउन खोजेको होइन। धेरै आप्रवासीको अंग्रेजीमा समस्या भएका कारण प्रश्नहरु पहिलेभन्दा सरल भाषामा, सजिलो संग बुझिनेगरी हुनेछन्।

Comments