मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरस संक्रमणका कारण थप ५९ जनाको मृत्यु भएको छ।

यो संख्या मध्ये ५० जना जुलाईमा एज्ड केयर होममा मृत्यु भएका तर रेकर्ड नभई हाल आएर रेकर्ड भएकाहरु रहेको बताइएको छ।

त्यस्तै, शुक्रबार बिहानसम्म २४ घण्टाभित्र ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Comments