मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियावासी नेपालीहरुको साझा संस्था नेप्लिज एसोसिएसन अफ भिक्टोरिया ‘न्याभ’को नयाँ कार्यसमिति चयन भएको छ। आगामी दुई वर्षको लागि नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो।

न्याभले सेप्टेम्बर ५ का लागि निर्वाचन मिती तय गर्दै नयाँ कार्यसमिति चयनको लागि चुनावी प्रक्रिया अगाडी बढाएको थियो। तर उम्मेद्वारी दर्ता प्रक्रियामा नयाँ कार्यसमितिको लागि सबै पदमा एक/एक जनाले मात्र उम्मेद्वारी दिएका कारण नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो।

नयाँ कार्यसमितिको अध्यक्षमा राम प्रसाद गुरुङ चयन भएका छन्। त्यस्तै, उपाध्यक्षमा प्रेम राज उप्रेती, मनमाया गुरुङ, कोषाध्यक्षमा एकिन्द्र प्रसाद तिमिल्सिना र सदस्यहरुमा विदुर शर्मा, गङ्गा आचार्य, हेमराज चालिसे, कृष्ण चालिसे, नविन श्रेष्ठ चयन भएका छन्।

न्याभले नयाँ कार्यसमितिको बारेमा प्रेस विज्ञप्ती जारी गर्दै कोरोना महामारीका कारण यसवर्ष ‘ न्याभ अवार्ड नाइट २०२०’ कार्यक्रम आयोजना नगर्ने निर्णय गरिएको जानकारी समेत दिएको छ।

Comments