ब्रिसबेन। अष्ट्रेलियाको ब्रिसबेन एक जना कोरोना संक्रमित लगातार काममा गएको खुलेको छ। ब्रिसबेन डिटेन्सनमा कार्यरत ती महिला बिरामी अवस्थामा पनि काममा गएको खुल्न आएको हो।

ती महिला बिरामी थिइन्, तर कोरोना परिक्षण भने गराएकी थिइनन्। केही दिन काममा गएपछि कोरोना परिक्षण गराउँदा उनमा कोरोना पोजेटिभ देखिएको हो।

उनी अगस्ट ८ यता बिरामी भएपछि पांच वटा सिफ्टमा काम गरेकी थिइन्।

उनलाई संक्रमण कसरी सर्यो भन्ने थाहा नभएको र अहिले कनट्र्याक्ट ट्रेसिङ्ग सुरु गरिएको बताइएको छ।

Comments