आज भाद्र कृष्ण औंशी अर्थात् कुशे औंशी । हिन्दु धर्मावलम्विहरुले वर्षभरि देवकार्य तथा पितृ कार्यमा पवित्र मानी प्रयोग गरिने वनस्पति कुश घर घरमा भित्र्याउँदै छन । शास्त्रोक्त विधि अनुसार ब्राह्णद्धारा पूजा गरी छेदन गरेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । हिन्दूहरुले कुशलाई भगवान् विष्णुको प्रतीक मान्दछन् ।

बुवा को मुख हेर्ने दिनका रुपले पनि चिनिने यस पर्वमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुवालाई मनपर्ने मिष्ठान्न तथा भोजन खुवाई उपहार दिएर आदर सम्मान प्रकट गर्ने गर्दछन् । कामका सिलसिलामा घरदेखी टाढा रहेका छोराछोरीहरुले भने  टेलीफोन गरि बुवा लाई संझेका छन् । फेसवुक, ट्वीटर जस्ता समाजिक सञ्जालमार्फत पनि छोराछोरीले आज आफ्ना वुवाप्रति आदर र सम्मान प्रकट गरिरहेका छन् ।

बुवा नहुनेहरुले भने आज  विभिन्न पवित्र स्थानमा गई पितृको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्दैछन् । विशेष गरी आज उत्तरगया भनेर चिनिने काठमाडौँको गोकर्णेश्वर महादेव र रसुवाको वेत्रावती, नुवाकोटको देवीघाट, तनहुँको देवघाट, कोका–कौशिकी (बराहक्षेत्र),विष्णुपादुका लगायतका तीर्थस्थानमा दिवङगत बाबुको नाममा तर्पण तथा सिदादान गर्नेको ठूलो घुइँचो लागेको छ । \

Comments