मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११६ पुगेको छ।

संक्रमणका कारण ८० वर्ष उमेर समूहका थप तीन जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ११६ पुगेको हो। पछिल्लो समयमा मृत्यु भएका तीन जना नै एज्ड केयरमा रहनेहरु रहेको बताइएको छ।

त्यस्तै, भिक्टोरियामा थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

 

Comments