८ श्रावण,काठमाडौं

सिन्धुपाल्चोक जिल्लामा हालै गएको बाढि र पहिरोका कारण पीडित बन्न पुगेकाहरुको सहयोगका लागि अष्ट्रेलियामा युवाहरुले सहयोग अभियान थालेका छन्। यसै क्रममामा सोम गुरागाइंले पीडितहरुको समाचार सुनेर आफुले सक्दो सहयोग गरेको बताउंनु भएको छ । हाम्रो सानो प्रयास पनि बास उठेका र आफन्त गुमाएका हरुको पिडामा मलम बन्न सक्छ -गणेश ठकुरि बताउंनु हुन्छ । मनकारि मन मिलेरै समाजमा उदारता र मानवीयता जस्ता आदर्शतालाई बाचाउंन सकिने भएकैले आ-आफ्नो स्थान बाट उदारता प्रकट गर्न आचार्य राजन शर्माले सबैमा सहयोगअको अपिल गर्नु भएको छ ।
स्थानिय तहमा जन प्रतिनिधि तथा स्वयंसेवक मार्फत पीडित परिवारलाई खाध्यान्न , लता -कपडा तथा तत्काललाई बसोवास प्रवन्ध मिलाउंन सो अभियान चालिएको हो । हाल स्थानिय तवरमा पीडितहरुको वास्तविक सर्वेक्षण भईरहेको र प्रथम चराणमा १७७ जना लाई तत्काल राहत उपलब्ध
गराउंनु पर्ने भएकाले यो अभियान थालिएको हो । वार्हविसे नगरपालिका अन्तर्गत सो स्थानमा गएको बाढीले १५ घर परिवार पुरेको छ । यस्तै दुई जनाको शव फेला परेको छ भने १८ जना वेपत्ता बनेका छन्।

अष्ट्रेलियामा अभियानको खाता नम्बर

Sindhu Relief :BSB; 062033 AC:10332131 , Comm Bank  मा वा फेसबुक मार्फर्त सहयोग हस्तान्तरण गर्न वा 0434570379 मा संपर्क गर्न सकिने छ ।

Comments