मेलबर्न। नेपाली समाजमा अहिले युवावर्ग विदेशको सपना देखिरहेको छ। विदेशमा हरियो डलर कमाउने भुतले गर्दा कतिले कैयौं हण्डर समेत खाएका छन्।

नेपाली युवायुवतीको विदेश मोह, माया प्रेम, विदेश पुगिसकेपछि फेरिने जीवनशैली, आउने संघर्ष आदि कुराहरुलाई समेटेर अष्ट्रेलियावासी नेपाली युवा माधव न्यौपानेले तयार पारेको तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। अष्ट्रेलियामा रहेर पनि नेपाली गीतसंगीतमा अनवरत रुपमा लागिरहेका न्यौपानेको उक्त म्युजिक भिडियोलाई एमएम इन्टरटेनमेन्टले युट्युब मार्फत सार्वजनिक गरेको हो।

विदेशको भुत हरियो डलर गीतमा लोकप्रिय कलाकारहरु खुमन अधिकारि र प्रिती आलेको स्वर रहेको छ। गीतमा शब्द माधव न्यौपानेको रहेको छ भने संगीत गायक खुमन अधिकारीले दिएका छन्। गीतको म्युजिक भिडियोमा महेश खड्का, सृष्टि खड्का, माधव न्यौपाने र प्रतीक्षा अधिकारिको अभिनय रहेको छ। प्रकाश भट्टको निर्देशन रहेको म्युजिक भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन्।

त्यस्तै, म्युजिक भिडियोलाई न्यु कन्सेप्ट फाइनान्सले प्रायोजन गरेको हो।

Comments