२९ जेठ अष्ट्रेलिया

अष्ट्रेलियामा फसिरहेका नेपालीको उद्दार गर्न नेपाल सरकारले हवाई तालिका सार्वजनिक गरेको छ । पहिलो चरणमै अष्ट्रेलियाबाट ५ सय २८ जना नेपालीको उद्दार हुने निर्णय भएको राजदूत महेश दाहालले जानकारी दिनुभयो । आगामी जुन १७ मा सिड्नीबाट र जुन २२ मा सिड्नी वा मेलवर्नबाट एकएक उडान हुने तय भएको दुतावासले जनाएको छ ।

एक पटकमा २ सय ६४ जना गरि ५ सय २८ जनाको उद्दार हुन लागेको हो । सरकारले बनाएको मापदण्डका आधारमा अतिआवश्यक, आवश्यक र कम आवश्यकताका आधारमा को को जाने भन्ने तय भइसकेको राजदूत दाहालले जानकारी दिनुभयो ।

सरकारले विदेशबाट उद्दार गर्ने देशहरुको भाडादार पनि सार्वजनिक गरेको छ । तर, अष्ट्रेलियाको भाडा दर भने अझै टुंगो लाग्न बाकी छ । न्युनतम भाडा लिएर उद्दार गर्ने तयारी भईरहेको छ । बाकी उडानहरु पनि क्रमिक रुपले हुदै जाने भएकाले नेपाल जान पर्खिरहेका अन्य नेपालीले अहिले नै आत्तिनु नपर्ने राजदूतको भनाई छ ।

नेपाल जानका लागि अष्ट्रेलियाबाट झण्डै १३ सय नेपालीले नामावली टिपाएका छन् । त्यहि नामावलीको सूचि दुतावासले परराष्ट्र मन्त्रालयमा पठाएको थियो । मन्त्रालयले प्रँथमिकताका आधारमा छनोट गरि उच्च स्तरिय समितिलाई अनुमतिका लागि पठाएको हो ।

कोरोनाका कारण विभिन्न देशमा अड्किरहेका नेपालीलाई पहिलो चरणमा उद्दार गर्न पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले तयार पारेको ३० देशको सूचिमा अष्ट्रेलिया पनि परेको हो । सरकारले प्राथमिकताका आधारमा पहिलो चरणमा ३० देशबाट २४ हजार १४८ नेपालीको उद्दार गर्न लागेको । हवाई भाडा र तालिकासहितको सूचि पर्यटन मन्त्रालयले कोरोना नियन्त्रणका लागि बनेको उच्च स्तरिय समितिलाई बुझाएको छ ।

नेपालीको स्वदेश फिर्तीका सरकारले लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज पठाउने भएको छ भने केही विदेशी एयरलाइन्सलाई उडानमा प्रयोग गर्ने जनाइएको छ ।

३० देशबाट नेपालीलाई ल्याउन ६७ वटा उडान हुने भएको छ । त्यसका लागि नेपाल एयरलाइन्सले २४, हिमालय एयरलाइन्स १९ र विदेशी जहाजदे २४ वटा उडान भर्नेछन् । यसअघि नेपाली ध्वजाबहाक विमान तिन पटक अष्ट्रेलिया आएर पनि रित्तै फर्किएपछि यहाँ फसिरहेका नेपालीले चर्को आलोचना गर्दै आएका छन् । तेस्रो पटकमा सुटुक्क पहुचवाला ११ जनालाई लिएर विमान फर्किएपछि त अष्ट्रेलियाको नेपाली समाज सरकारसंग रुष्ट बनेका छन् ।

Comments