काठमाडौं , जेठ २१
बिश्ब यतिबेला कोरोना भाइरसको कारण आर्थिक रुपमा तहसनहस बनेको छ । कोरोना भाइरसका कारण बिश्बमा निकै शक्तिशाली मानिएका देशहरु पनि यो कोरोना भाइरस सामु निरिह बनेका छन् । बिश्व अर्थतन्त्रमा ठुलो धक्का लागेको बताईएको छ । यसै बिचमा अष्ट्रेलिया पनि बिश्व अर्थतन्त्रमा ठुलै स्थान ओगटेको देश हो तर यो देश पनि यतिबेला मन्दीमा परेको छ ।

केहि समय अगाढी लागेको बिनाशकारी डढेलको कारण अर्थतन्त्र कमजोर बनेको थियो भने लगत्तै कोरोना भाइरसको कारण उद्योगधन्दा बन्द हुदा र लकडाउनको कारण अष्ट्रेलियामा २९ बर्ष यताकै मन्दीको मारमा परेको छ ।

अष्ट्रेलियाका संघीय अर्थमन्त्री जोश फ्राइडेनबर्गले देश आर्थिक मन्दीमा गएको घोषणा गर्दै देश गहिरो आर्थिक शंकटमा पुगेको बताएका छन् । उनले मार्च त्रैमासीको आर्थिक बृद्धिदर मात्र ० दशमलब ३ प्रतिशत मात्र भएको बताएका छन् । अबको जनु त्रैमासीकामा पनि आर्थिक बृद्धिदर कमनै हुने बताए । साथै अब यो मन्दीबाट मुक्ति पाउन बिकल्प खोजिने बताए ।

अष्ट्रेलियामा कोरोना कारण पर्यटन ब्याबसाय ठप्प रहेको छ । दैनिक उपभोग्य बस्तुको प्रयोगमा सजगता अपनाउन थालिएको छ । आजको लागि भन्दा पनि भोलिको लागि सोच्नुपर्ने भन्दै जनताले सामान्य जिबनयापन गर्न थालेका कारण पनि त्यहाको आर्थिक बृद्धिदर कम भएको अनुमान गरिएको छ ।

Comments