संविधान लेखनका विवादित विषय सहमति खोज्नका लागि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको कार्यकक्षमा बसेको तीन दलको शीर्ष बैठक बिनानिश्कर्ष टुंगिएको छ ।

बैठकमा विविध विषयमा छलफल भए पनि सहमति वा निर्णय केही नभएको बैठकमा सहभागी नेताहरुले जानकारी दिएका छन् । बैठकमा अध्यक्ष नेम्वाङले पटकपटक समयसिमा तोकेर मौका दिँदा पनि दलहरु संविधानका विवाद टुंग्याउन असफल हुँदा आमजनतामा नराम्रो सन्देश जाने भन्दै जसरी पनि सहमति पुग्न नेताहरुलाई आग्रह गर्नु भएको थियो । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आज र भोली सहमतिका लागि अन्तिम प्रयास गरिने र सहमति नभए दलहरुको आ–आफ्नो पोजिसनसहित प्रतिवेदन संविधानसभामा प्रस्तुत हुने बताउनु भयो ।

Comments