मेलबर्न । अष्ट्रेलियाको मेलबर्न स्थित Fawkner McDonald’s रेष्टुरेन्टमा काम गर्ने स्टाफमा कोरोना भाइरस संक्रमण देखिएको छ ।

अप्रिल ३० भन्दा अगाडी काममा रहेका स्टाफमा पहिलो पटक संक्रमण देखिएको थियो । त्यसपछि हिजो अर्थात शनिबार दोस्रो स्टाफमा संक्रमण देखिएको हो ।

पहिलो केस अप्रिल ३० भन्दा अगाडी रहेको र ती स्टाफ पछिल्लो समय काममा नगएकोले रेष्टुरेन्टले संचालनको अनुमति पाएको थियो । तर दोस्रो स्टाफमा संक्रमण देखिएपछि रेष्टुरेन्ट बन्द भएको हो ।

रेष्टुरेन्ट हालका लागि तीन दिनको लागि बन्द भएको बताइएको छ । तीन दिनमा रेष्टुरेन्टमा संक्रमण नियन्त्रणको लागि विशेष सरसफाई हुनेछ । स्टाफ अहिले आइसोलेसनमा रहेको रेष्टुरेन्टले बताएको छ । रेष्टुरेन्टका अनुसार, ती स्टाफले मे ५ सम्म काम गरेका थिए ।

Source : Daily Mail 

Comments