सिड्नी। अष्ट्रेलियाको सिड्नीमा बिहिबार एक नेपाली विद्यार्थी मृत फेला परेकी थिइन् । उनी कोठाको लुगा राख्ने दराजको डण्डीमा पासो लगाएको  अवस्थामा भेटिएकी हुन् ।

यसैबीच एनआरएनए अष्ट्रेलियाले उनको मृत्युप्रति दु:ख व्यक्त गर्दै संस्थाको नाम जोडेर आएको एक समाचारप्रति खेद प्रकट गरेको छ । एक अनलाइनले उक्त घटना सम्बन्धि समाचारमा मृतक विद्यार्थीले एनआरएनए अष्ट्रेलिया एनएसडब्लु राज्य समितिसंग राहत मागेको तर राहत दिन ढिलाई भएका कारण घटना भएको हुनसक्ने उल्लेख गरेको थियो ।

कोरोना भाइरसका कारण काम गुमाएका र काम पाउन नसकेका विद्यार्थीहरुका लागि एनआरएनए अष्ट्रेलियाले राहत वितरण गरिरहेको छ । एनआरएनएनए अष्ट्रेलियाले उक्त समाचारको खण्डन गर्दै राहत वितरणको लागि रातदिन खटिरहेका स्वयंसेवकलाई निरुत्साहित पार्ने तथा संस्थाको मानमर्दन गर्ने कार्य भएको भन्दै खेद प्रकट गरेको छ ।

प्रेस विज्ञप्ति :

Comments