मेलबर्न । अष्ट्रेलियामा क्याफे, रेष्टुरेन्टहरु बन्द हुँदा धेरै विद्यार्थीहरु अहिले बेरोजगार रहनुपरेको छ । कोरोना भाइरस नियन्त्रणमा प्रभावकारी कदम चालिरहेको अष्ट्रेलिया सरकारले पछिल्लो समय संक्रमण नियन्त्रणमा आएसंगै सामाजिक दूरीको नियमलाई खुकुलो पार्ने तयारी गरिरहेको छ । जसमा, रेष्टुरेन्टहरुहरु पनि खुल्ला गर्ने तयारी गरिएको हो ।

सरकारले क्याफे तथा रेष्टुरेन्टहरु तीन चरणमा खुल्ला गर्ने योजना ल्याएको छ । पहिलो चरणमा रेष्टुरेन्ट तथा क्याफे खुल्नेछन् , तर एकपटकमा १० जना मात्र ग्राहक बस्न पाउनेछन् र एक जनाको लागि ४ वर्ग मिटर ठाउँ रहनुपर्नेछ ।

दोस्रो चरणमा रेष्टुरेन्ट तथा क्याफे संगै पब, क्लब, क्यासिनो पनि खोल्न सकिनेछ । र, एकपटकमा २० जना मात्र ग्राहक बस्न पाउनेछन् । पब, क्लब, क्यासिनोमा पनि बस्ने क्षेत्रमा मात्र ग्राहक रहन पाउनेछन् । यस चरणमा पनि एक जनाको लागि ४ वर्ग मिटर ठाउँ रहनुपर्नेछ ।

त्यस्तै, तेस्रो चरणमा रेष्टुरेन्ट तथा क्याफेले एक पटकमा एक सय जना ग्राहकलाई मात्र सेवा दिन पाउनेछन् । पब, क्लब, क्यासिनोमा एक सय जना ग्राहकलाई तर बस्ने सिट भएको क्षेत्रमा मात्र सेवा दिन सकिनेछ । र, बार तथा गेमिंग क्षेत्र पनि खुल्न सक्नेछन् ।

अष्ट्रेलियाभर क्याफे तथा रेष्टुरेन्टहरु एकै पटक भने खुल्न नसक्ने देखिएको छ । यी चरणहरु कहिले लागु गर्ने भन्ने बारेमा विभिन्न स्टेटले त्यहाँको भाइरस संक्रमण अवस्थालाई हेरेर निर्णय लिने बताइएको छ ।

पूरा समाचार पढ्नको लागि यहाँ क्लिक गर्नुहोस् : 7news.com.au/lifestyle/health-wellbeing/staggered-path-back-to-normal-for-cafes

Comments