सरकारले लकडाउन जेठ ५ सम्म लम्ब्याउने निर्णय गरेको छ। मन्त्रिपरिषदको बुधबार बसेकाे  बैठकले लकडाउन जेठ ५ गतेसम्म कायम राख्ने निर्णय गरेको हो ।

कोरोनाभाइरसको संक्रमण फैलिन नदिन चैत ११ देखि सरकारले जारी गरेको लकडाउनको अवधि भोलि बिहीबार सकिँदैछ ।

लकडाउनकै अवधिमा नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।

Comments