मेलबर्न । अष्ट्रेलियामा कोरोना भाइरस सम्बन्धि सुचना तथा जानकारी र आर्थिक सहयोगको नाममा अनलाइन ठगी बढेको छ ।

मार्च महिना देखि यता साइबर अपराध सम्बन्धि घटनाहरु बढेको प्रहरीले जनाएको छ ।

ठगी समूहले आफूलाई सरकारी संस्था , सरकारी अधिकारि बताउंदै मोबाइलमा कोरोना भाइरस सम्बन्धि जानकारी भन्दै विभिन्न लिंक ,अनलाइन सपिङ्गको नामका लिंक , घरमै बसेर काम गर्न सकिने र बिजनेस प्रमोसन गर्न सकिने भन्दै विभिन्न लिंक र कोरोना भाइरस प्रभावितको रुपमा सहयोग प्रदान गरिने भन्दै संदेश पठाउने गरेको छ ।

सम्बन्धित मोबाइल प्रयोगकर्ताले ती संदेशलाई साँचो सम्झिएर त्यहाँ भने अनुसार गर्दा उनीहरु ठगिन पुगेको भन्दै प्रहरीले सबैलाई सतर्क रहन आग्रह गरेको छ ।

यस सम्बन्धि थप जानकारीको लागि :

https://www.scamwatch.gov.au/types-of-scams/current-covid-19-coronavirus-scams

Comments