नेपाल , बैशाख १५

अस्ट्रेलियन सरकारले लकडाउनका कारण नेपालमा अड्किएका आफ्ना नागरिकलाई फिर्ता लैजाने भएको छ।अस्ट्रेलियन, न्युजिल्यान्ड र अस्ट्रेलियाका पीआर होल्डरलाई लिएर नेपाल एयरलाइन्सको चार्टर्ड विमान आगामी मे ६ तारिखमा जाने छ।

कोरोनाको कारण नेपालमा लकडाउनमा परेकाले दिएको निवेदनका आधारमा नेपालमा रहेको अस्ट्रेलियन दूतावासले चार्टर्ड विमानको व्यवस्था गर्ने भएको हो ।यसअघि पनि अस्ट्रेलियन सरकारले विमान चार्टर्ड गरेर आफ्ना नागरिकलाई लगेको थियो।

नेपालस्थित अस्ट्रेलियन दूतावासमा करिब पाँचसय अस्ट्रेलिया तथा न्युजिल्यान्डका नागरिक र पीआर होल्डरले स्वदेश फर्किन आग्रह गरेका कारण तेस्रो पटक दूतावासले विमान चार्टर्ड गरेर दुई सय ६५ जनालाई अस्ट्रेलिया फिर्ता लैजान लागेको हो।

Comments