चितवन बैशाख १४

सरकारले खडा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा एमआईटि ग्रुप फाउण्डेशन द्धारा कोरोना नियन्त्रण कोषमा तिन करोड सहयोग घोषणा गरेको छ ।

एमआईटि ग्रुप फाउण्डेशनले भाइरस विरुद्धको सरकारी अभियानलाई सहयोग गर्न आवश्यक उपकरण तथा सावधानीका सामग्री उपलब्ध गराउन उक्त सहयोग गरेको जनाएको छ ।
आइ्रतवार प्रधानमन्त्री कार्यलायका सचिबलाई चेक हस्त्रान्त्रण गरिएको छ ।

गैरआवासिय नेपाली शेष घले तथा जमुना गुरुङ्ग द्धारा स्थापित फाउण्डेशनले सहयोग गरेको हो । बिगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकूल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको जनाएको छ ।

 

Comments