एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा भएको निर्भया बलात्कारका चार दोषीलाई मृत्युदण्ड दिइने भएको छ ।

दिल्लीस्थित पटियाला हाउस कोर्टले चार दोषी अक्षय, विनय, मुकेश र पवनलाई भोली विहान साढे ५ बजे मृत्युदण्डको समय तोकेको हो । निर्भयाको सन् २०१२ को डिसेम्बरमा बलात्कार भएको थियो । दोषीहरुका वकिल एपी सिंहले थुप्रै विषयको अवस्था देखाएर २० मार्चमा हुन लागेको मृत्युदण्ड रोक्न अनुरोध गरेका थिए । यो भन्दा पहिला पनि निर्भयाका दोषीका तीन निवेदन खारेज भएको थियो ।

Comments