एजेन्सी । माइक्रोसफ्ट कम्पनीको बोर्ड अफ डाइरेक्टरबाट बिल गेट्सले राजीनामा दिएका छन्।

६४ वर्षीय बिल गेट्सले पूरा समय सामाजिक सेवामा सक्रिय रहनको लागि बोर्डबाट राजिनामा दिएको माइक्रोसफ्टले जनाएको छ । माइक्रोसफ्टका अनुसार, कम्पनीमा उनी अब सल्लाहकारको रुपमा रहनेछन् ।

बिल गेट्सले सन् १९७५ मा पाउल एलनसँग मिलेर माइक्रोसफ्ट कम्पनी स्थापना गरेका थिए । उनले सन् २००० सम्म माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर काम गरे । त्यतिबेला पनि केही समय सामाजिक सेवाको लागि समर्पित गर्ने भन्दै उनले सीईओ पद छोडेका थिए ।

बिल गेट्सले अब आफ्नो अधिकांश समय श्रीमतीसंग मिलेर स्थापना गरेको फाउन्डेसनलाई दिनेछन् ।

Comments