मेलबर्न । अष्ट्रेलियाका गृहमन्त्री पिटर डटन कोराना भाइरसबाट संक्रमित भएका छन् ।

घांटी दुख्ने र ज्वरोको लक्षण देखिएपछि मन्त्री पिटर डटनले स्वास्थ्य जांच गराएका थिए । आज बिहान स्वास्थ्य जाँच गर्दा उनलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।

संक्रमण भएको पुष्टि भएलगत्तै उनी अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

Comments