होबर्ट । अष्ट्रेलियामा एक नेपाली विद्यार्थीलाई कोरना भाइरस देखिएको छ । नेपालबाट सिङ्गापुर ट्रान्जिट हुँदै फर्किएका नेपाली विद्यार्थीमा कोरोना भाइरस देखिएको हो ।

नेपाली समाज तस्मानियाले विज्ञप्ति जारि गर्दै बिरामीको नाम गोप्य राखिदिन अपिल गरेको छ । त्यस्तै, एनआरएनए अष्टे्लियाले बिरामीलाई सहयोग गर्न शुरु गरेको उल्लेख गर्दै सबैलाई सचेत रहन आग्रह गरेको छ ।

NRNA Australia

नेपालबाट सिङ्गापुर ट्रान्जिट हुँदै तस्मानियाको होबार्ट आएका एक नेपाली विद्यार्थीलाई कोरोना भाइरस देखिएको समाचार हामीबीचमा भर्खरै आएको छ जसले हाम्रो विशेष ध्यानाकर्षण गराउनुको साथै सबैलार्ई चिन्तित पनि बनाएको छ । यो घडीमा एनआरएनए अस्ट्रेलिया तस्मानियामा रहेका सबै नेपालीहरुलाई संयमित हुन हार्दिक अनुरोध गर्दछौ । यसका साथै यस अवस्थामा बिरामीको नाम गोप्य राखिदिन हुन तथा उनी लगायत उनका परिवारलाई निरुत्साही पार्ने खालका कुनै कुराहरु पनि सामाजिक सन्जालमा नलेखिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । त्यसैगरी एनआरएनए अष्टे्लिया नेपाली समाज तस्मानिया तथा संस्थाको आधिकारीक व्यक्तिहरुसँग सम्पर्कमा रहिरहेको र बिरामीलाई सहयोग गर्न सुरु गरेको कुरा यहाँहरुलाई अवगत गराउन चाहन्छौ । यस घटनाको बारेमा थय केही जानकारी आएमा हामी तपाइँहरुलाई सूचना दिनेछौ । धन्यबाद !

 

Comments