अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडाको राजीनामा स्वीकृत गरेसँगै उनले सम्हाल्दै आएका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाने गरी तोकेकी छन् ।

दुई वर्षअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य नियुक्त भएका खतिवडाको कार्यकाल आज सकिएको छ। राष्ट्रियसभा सदस्यको पदावधि मंगलबार सकिनुअघि उनले पदबाट राजीनामा दिएका हुन् ।

संसद नरहेको व्यक्ति मन्त्री हुन पाउँदैन तर राजीनामा पछि भने ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था छ।सोही व्यवस्थाअनुसार उनी पुन: मन्त्री बन्न लागेका हुन्।

आज राजीनामा दिएका खतिवडाले भोलि फेरि नयाँ अर्थमन्त्रीको रूपमा सपथ लिने भएका छन्।

Comments