काठमाडौं । नेपाल राष्ट्र बैंकले  मंगलबारका लागि एक अष्ट्रेलियन डलरको विक्री दर ७६ रुपैयाँ १९ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ७५ रुपैयाँ ८० पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले  मंगलबार (फागुन २०) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ६६ पैसा रहेको छ । सोमबार डलर एकको खरिददर ११५ रुपैयाँ २६ पैसा र बिक्रीदर ११५ रुपैयाँ ८६ पैसा रहेको थियो ।

यस्तै, युरो एकको खरिददर १२८ रुपैयाँ ८० पैसा र बिक्रीदर १२९ रुपैयाँ ४६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८२ पैसा रहेको छ ।

Comments