मेलबर्न । गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होछार अष्ट्रेलियाको भिक्टोरिया राज्यमा विशेष कार्यक्रम गरी मनाइने भएको छ । विगतका वर्षहरुमा जस्तै तमु समाज भिक्टोरियाले कार्यक्रमको आयोजना गर्न लागेको हो ।
आगामी शनिबार २८ डिसेम्बरमा ल्होछार कार्यक्रम गर्न लागिएको हो । परम्परागत पूजापाठदेखि गीत, संगीत र मनोरञ्जनका साथ नयाँ वर्षलाई स्वागत गर्दै ल्होछारको खुशी बाँड्न आयोजित कार्यक्रम स्थानीय मेलभिल रोडमा रहेको ईस्टोनिय हाउसमा हुनेछ ।
कार्यक्रम साँझ ५ बजेदेखि शुरु हुने आयोजकले जनाएको छ ।
आयोजक तमु समाज भिक्टोरियाले कार्यक्रममा सहभागी हुन र का  संस्कृतिको जगेर्ना गर्नुका साथै यहाँको दोश्रो पुस्तामा समेत यसलाई हस्तान्तरण गर्ने कार्यमा योगदान दिन आग्रह गरेको छ ।
Tamu Samaj Victoria 
Tamu Samaj Victoria invites everyone to celebrate our mega event “Lhochaar 2019” together!!!

Join us with your family and friends to explore “Gurung Culture”.
28th of December 2019 (Saturday) at Estonian Hall Brunswick from 5pm onwards.
Please mark your calendar.

Comments