मेलबर्न । अष्ट्रेलियाको मेलबर्नबाट उडेको जहाजमा ६ महिनाको बच्चाको निधन भएको छ । मेलबर्नबाट भारतको चेन्नईको लागि उडेका एक युवा दम्पत्तिको बच्चाको निधन भएको हो ।
गत बिहिबार मेलबर्नबाट भारत लागेका दम्पत्ति रातीको करिब १२ बजे चेन्नई एयरपोर्टमा ओर्लिए । ओर्लिएपछि इमिग्रेसनको सबै काम सकेर बच्चालाई उठाउन खोज्दा नउठेको बताइएको छ ।  त्यसपछि स्वास्थ्य जाँच गर्ने क्रममा बच्चाको केही समय अगाडी नै निधन भएको बताइएको थियो ।
दम्पत्तिका अनुसार, यात्रा सुरु गर्दा र १३ घण्टाको यात्राको धेरै सम्म बच्चा खेलिरहेको थियो । ओर्लिनु भन्दा केही अगाडी आमालाई बच्चा निदाएको जस्तो लाग्यो र उनले काखमा लिइरहेकी थिइन्। अनुसन्धान पछि प्रहरीले  बच्चाको निधनको कारण अप्राकृतिक रहेको भन्दै बच्चाको शव आमाबाबुलाई बुझाएको जनाएको छ ।
Source : SBS News

Comments