काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रवास समन्वय कमिटी गठन गर्ने भएको छ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले समन्वय कमिटी गठन गर्ने निर्णय गरेको हो।

बैठकले कमिटीमा रहने सदस्यको जिम्मेवारी समेत तोकेको छ। कमिटीको इन्चार्जमा वृन्दा पाण्डेय, सह इन्चार्ज लक्ष्मण पन्त, अध्यक्ष युवराज चौलागाईलाई जिम्मेवारी दिइएको छ भने श्रीप्रसाद साहले सचिवको जिम्मेवारी पाएका छन्।

बैठकबाट बाहिरिने क्रममा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले कमिटीमा रहेन सदस्यको जिम्मेवारी बारे जानकारी गराउनुभएको हो । बैठकमा पार्टीको कार्यकारी अध्यक्ष दाहादलाई दिने कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलाई दिन लागिएको अनुमान गरिएको थियो। तर प्रवक्ता श्रेष्ठले यो विषय बैठकमा प्रवेश नै नभएको बताउनुभयो ।

Photo : File

Comments