अष्ट्रेलिया र नेपालबीच सोमबार एयर सर्भिस एग्रिमेन्ट(हवाई सम्झौता) हुँदैछ ।

क्यानडाको मन्ट्रियलमा जारी अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयान संगठन(आइकाओ)को ४० औं सम्मेलनमा दुवै मुलुकका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गर्दैछन् ।

दुवै मुलुकबीच साताको कति संख्यामा उडान हुने भन्ने विषय सम्झौतमा उल्लेख हुँदैन ।

अष्ट्रेलिया र नेपालबीचसीधा हवाई सम्झौता नहुँदा नेपालबाट अष्ट्रेलिया जाने तथा नेपाल आउने दुवै मुलुकका पर्यटकले अन्य देशमा ट्रान्जिट बस्नुपर्ने बाध्यता छ । हाल चीन, कोरिया, थाइल्याण्ड लगायतका मुलुक हुँदै नेपालीहरु अष्ट्रेलिया जाने गरेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments