हिन्दुहरुको महान चाड दशैं पछिको दोश्रो ठुलो चाड तिहार प्रारम्भ भएको छ | कार्तिक कृष्ण त्रयोदशीबाट सुरु भइ कार्तिक शुक्ल द्वितीया सम्म पाँच दिन लगातार मनाईने तिहार पर्वलाइ यमपन्चक पनि भनिन्छ | यमपन्चकमा  काग, कुकुर, गाई, गोबर्धन, र भाई पुजा गर्ने प्रचलन छ | नेवार समुदायमा म्ह: पुजा पनि यसै यमपन्चकको चौंथो दिन अर्थात् गोबर्धन पुजाका दिन गरिने चलन छ | तिहारमा  विशेष गरि धनधन्यकि देवी लक्ष्मीको पुजा आरधना गर्ने परम्परा रहीआएको छ | त्यसै गरि तिहारको अन्तिम दिन मनाइने भाईटिकाले दाजुभाई र दिदीबहिनी बीचको प्रेमसम्बन्धमा यस पर्वले विशेष महत्व राख्दछ |

आज काग तिहार

तिहारको पहिलो दिन आज काग तिहार । कागको पूजा आजा गरी मनाइदै छ । धार्मिक मान्यता अनुसार यमराजको सन्देश बाहकको रुपमा मानिएको कागलाई आज यमदूतकै रुपमा पूजा गरेर खानेकुरा दिई पूजा गर्ने गरिन्छ । शुभ र अशुभ सन्देश पुर्याउने दुतको रुपमा  मानिएको कागलाई आज पूजाआजा गरी भात र रोटी दिने चलन छ ।

10646768_723802854373768_5395730110708600595_n

( तस्विर: भिन्टेज नेपाल )

कात्तिक कृष्णपक्ष त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्म पाँच दिन मनाइने तिहारको पहिलो दिन काग तिहार गरी पञ्चक सुरु हुने गर्दछ ।

Comments