मेलबर्न । अष्ट्रेलियाको न्यू साउथ वेल्समा भएको सवारी दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ ।

मोनारो हाइवे अन्तर्गतको कुमा क्षेत्रमा तीव्र गतिको कार दुर्घटनामा परेको हो । कारमा पाँचजना सवार थिए ।  तर उनीहरुको पहिचान भने खुल्न सकेको छैन । आइतवार विहान ३ः४० मिनेटमा सडकबाट गुल्टेको कार १६० मिटर तल खसेर एउटा रुखमा अड्किएको थियो ।

कारमा सवार दुई जनाले कारबाट निस्किएर गुहार मागेका थिए । गम्भीर घाइते भएका दुवै जनाको कुमा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । १९ देखि २२ वर्षका युवाहरु स्नो माउन्टेनमा जान हिंडेका थिए ।

घटनाकाबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Photo Source : SBS

Comments