डार्विन । अष्ट्रेलियामा जंगली जनावरको शिकार गर्ने एक भारतीय युवक पक्राऊ परेका छन् । भारतीय मुलका ३५ वर्षीय किर्ति ईश्वरन जनावरको खोपडी र हड्डी सहित पक्राऊ परेका हुन् ।

ईश्वरनले जनावरका विभिन्न अंग बेच्ने गरेका थिए । उनले अहिले बिक्रिको लागि जनावरका सयौं अंग फ्रिजमा राखेको र ती अंगहरुको कुल मूल्य ७० हजार डलर भन्दा माथि रहेको प्रहरीले बताएको छ ।

ईश्वरन यस अघि पनि जनावरका अंग बेचबिखन गरेको आरोपमा पक्राऊ परेका थिए । त्यतिबेला उनलाई १० महिनाको जेल सजाय सुनाइएको थियो । तर पछि त्यो जेल सजाय रद्द भयो ।

अहिले अदालतले ईश्वरनलाई करिब दुई वर्ष ( २३ महिना) को जेल सजाय सुनाएको छ । जसमध्ये १० महिना पहिले सुनाएको जेल सजाय र १३ महिना अहिलेको सजाय हो ।

Source : SBS News 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments