मेलबर्न । गैर आवासीय नेपाली संघ एनआरएन अष्ट्रेलियाको आगामी नेतृत्वकालागि मेलबर्नका निवासी केशव कँडेलले टिम सहित अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

उम्मेदवारी घोषणा कार्यक्रममा कँडेलले एनआरएनलाई रुपान्तरण गर्नु आफ्नो टिमको एक मात्र एजेण्डा रहेको बताउनुभयो । उहाँले एनआरएनलाई व्यवहारिक रुपमा मात्र नभई सैद्धान्तिक र कानुनी रुपमा समेत रुपान्तरणको खाँचो रहेको बताउनुभयो ।

साझा एनआरएन सबल एनआरएनको नारा सहित घोषणा गरिएको कँडेलको टिममा महासचिवमा डा ज्ञानेन्द्र रेग्मी,सचिवमा परेश घिमिरे,कोषाध्यक्षमा अनिल पोखरेल र युवा संयोजकमा एर्साद अहमदले उम्मेदवारी दिनुभएको छ ।

Comments