काठमाडौं । जापानमा गरिएको एक सर्वेक्षणले भात खाँदा मानिसको तौल घट्ने देखाएको छ ।

यो सर्वेक्षण १३६ देशका मानिसमा गरिएको थियो । ती मानिसको भात खाने चलन तथा क्यालोरी इनटेकलाई दृष्टिगत गर्दै सर्वेक्षण गरिएको थियो । त्यसमा हरेक मुलुकका क्यान्डिडेटको बीएमआई (बडी, मास इन्डेक्स) को डाटालाई पनि हेरिएको थियो ।

सर्वेक्षणका लिड रिसर्चर प्रोफेसर टोमोको भन्छिन्, ‘‘अध्ययनबाट के देखियो भने, जुन देशमा भात मुख्य भोजनका रुपमा खाइन्छ त्यहाँ मोटा मानिस कम भेटिए । पश्चिमी मुलुक जहाँ भात निकै कम खाइन्छ, त्यहाँ मोटा मानिस बढी भेटिए ।’’

उनका अनुसार चामलमा फ्याट कम हुने हुनाले पनि यसको सेवनले मोटोपना बढाउँदैन । यसमा पर्याप्त मात्रामा पोषक तत्व पनि हुन्छ । भात खाएपछि लामो समयसम्म भोक लाग्दैन । यसकारण भात खानेहरु ‘ओभरइटिङ’को समस्याबाट पनि मुक्त हुन्छन् । जब ‘ओभरइटिङ’ बाट मानिस मुक्त हुन्छन् तब तौल त घट्ने नै भयो ।

भातले शरीर वृद्धि भइरहेको भन्ने बुझाइ गलत रहेको तथ्य पछिल्लो समय जापानमा गरिएको यस सर्वेक्षणले देखाएको छ ।

Comments