प्राणघातक इबोला संक्रमित अमेरिकी  नर्स निना फामको सबैलाई भावुक बनाउने ५६ सेकेन्ड लामो भिडियो क्लिप युट्युबमा सार्वजनिक भएको छ | निना फाम पहिलो इबोला संक्रमित बिरामी थोमस डनक्यानको उपचारमा संलग्न हुँदा इबोला संक्रमणमा पर्ने पहिलो नर्स एबं दोश्रो अमेरिकी नागरिक हुन् |  डनक्यानको यस अघिनै उपचारको क्रममा निधन भैसकेको छ | ( तस्विर: एबीसी न्युज)

बिहिबार सार्वजनिक भएको  निनाको उक्त भिडियो टेक्सास हेल्थ प्रेसबिटेरियन अस्पताल डल्लासमा रेकर्ड गरिएको हो | भिडियोमा निनाको उपचारमा संलग्न फिजिसियनले छोटो कुराकानी गरेका छन् | जहाँ निना संगको ठट्टा मिश्रित कुराकानी समावेश छ | निनालाई थप उपचारको लागि अहिले नेसनल इन्स्टिच्युट अफ हेल्थ मेरिल्याण्ड लगिएको छ | प्रस्तुत भिडियो मेरिल्यान जानु अघि खिचिएको हो | जहाँ ठट्टा गर्दै निनाले भनेकी छिन् ” सबै जना मेरील्यान्ड आउनु |”

भिडियोमा अर्का स्वास्थ्य कर्मी पूर्ण शरीर ढाक्ने सुरक्षा पोशाकमा निनाको सेवामा तम्तयार देखिन्छन् | अस्पतालको बिशेष कक्षमा उपचाररत निना कुराकानीको क्रम रोएकी छिन् | उनले आँशु खसाल्दै गर्दा आँशु पुछ्नका लागि स्वास्थ्यकर्मीले टिस्यु पेपर दिएको दृश्य भिडियोमा देखिन्छ | अमेरिकाले निनाको व्यक्तिगत विवरण सार्वजनिक नगरे पनि उनले भने आफ्नो भिडियो सार्वजनिक गर्न भनेकी छिन् | 
nima
इबोला संग प्रत्यक्ष लड्न सक्ने कुनै पनि औसधिको आविस्कार हुनसकेको छैन | यद्यपी अमेरिकी स्वास्थ्यकर्मीहरुले अन्य शक्तिशाली भाइरससंग लड्ने उस्तै लक्षण भएका जीवाणु लाइ प्रयोग गरिने प्रतिरोधात्मक उपाएहरु अपानई निनाको उपचार गरिरहेका छन् |
इबोला संक्रमणलाई २१ दिन भित्र नियन्त्रणमा लिन नसकिए मानिसको ज्यान जान्छ | साथै उपचारमा संलग्न चिकित्सक र अन्य सहयोगी समेत रोगको संक्रमणमा पर्न सक्ने ठुलो जोखिम हुन्छ | अहिले सम्म पश्चिम अफ्रिकी राष्ट्रहरुमा इबोला संक्रमणले ४४०० मानिसको ज्यान लिईसकेको छ |

 

Comments