काठमाडौँ । तराईँका क्षेत्रमा केही सातादेखि बढेको गर्मी आज पनि कायमै रहने मौसमविदले बताएका छन् ।

मौसमविद वरुण पौडेलले तत्काल पानी पार्ने मौसमी प्रणाली विकास हुने सम्भावना नरहेकोले गर्मी यथावत रहने जानकारी दिए ।

बिहीबार धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४३ डिग्री सेल्सियस सम्म पुगेको थियो । मौसमविद पौडेलले पानी नपरुन्जेल अधिकतम तापक्रम नघट्ने जानकारी दिए ।

तर पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको उनले बताए ।

देशका पूर्वी पहाडी भेग लगायत मध्य र पश्चिमी भूभागमा आंशिक बदली भएपनि बाँकी भूभागहरुमा शुक्रबार मौसम सफा रहने मौसमविदले पौडेलले बताए ।

Comments