सिड्नी । नेपालमा लोकप्रिय टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँगको छायांकन टोली अष्ट्रेलियामा आउने भएको छ ।

प्रस्तोता रवि लामिछानेसहितको सिधा कुरा जनतासँगको टोली अष्ट्रेलियका विभिन्न सहरमा जनगुनासासहितका कार्यक्रम लिएर आउन लागेका हुन् ।

अष्ट्रेलियाबाट सञ्चालित लाहुरी टिभीको प्रस्तुतीमा हुन लागेको कार्यक्रममा कार्यक्रम प्रस्तोता रवि लामिछानेमार्फत आफ्ना प्रश्न र मुद्दालाई उठाउन सकिने बताइएको छ ।

कार्यक्रम सिड्नी, पर्थसहितका सहरमा हुने आयोजकले जनाएको छ ।
जसअनुसार २४ मेमा सिड्नी र २ जुनमा पर्थका लागि कार्यक्रम तय भएको छ ।

Comments