मेलबर्न । एनआरएनए अष्ट्रेलियाको सदस्यता लिनेहरुको संख्या १० हजार नाघेको छ । सदस्यता प्रक्रिया सजिलो नहुँदानहुँदै पनि एनआरएनए अष्ट्रेलियाको सदस्यता लिनको लागि नेपाली समुदायमा उत्साह देखिएको हो ।

पछिल्लो कार्यसमितिले गरेका उल्लेखनीय कार्यहरुले गर्दा एनआरएनएप्रति अष्ट्रेलियावासी नेपालीहरुको विश्वास अझ बढेको देखिएको छ । हाल (२०१७-१९ को कार्यकाल ) एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदमा भिक्टोरियावासी कानुनविद टोनु घोताने रहनुभएको छ । आफू, आफ्नो टिम र एनआरएनएप्रति नेपाली समुदायले गरेको विश्वास र सहयोगका कारण एनआरएनए अष्ट्रेलिया नेपाली समुदायको सबैभन्दा ठूलो र विश्वनीय संस्था बन्न सफल भएको अध्यक्ष घोताने बताउनुहुन्छ।

आफ्नो दुई वर्षे कार्यकालममा सहयोग गर्ने र साथ दिने सम्पूर्णलाई धन्यवाद दिंदै हिमालयन कंगारुसंगको कुराकानीमा उहाँले भन्नुभयो, ” विशेष गरि विद्यार्थीहरुका लागि ल्याइएका कार्यक्रम र नेपाली समुदायमा कुनै दु:ख परेको समयमा एनआरएनए अष्ट्रेलियाले खेलेको भूमिकाका कारण संस्था नेपाली समुदायको विश्वास जित्न सफल रह्यो भन्ने लाग्छ । र, यो सबै नेपाली समुदायले मलाई, मेरो टिमलाई तथा संस्थालाई दिनुभएको साथ र मायाका कारण सम्भव भएको हो । यो साथ र मायाले मलाई अझ ऊर्जा मिलेको छ । आगामी दिनमा अझ प्रभावकारी ढंगले संस्थालाई अगाडी बढाउनको लागि म प्रत्यक्ष होस् या अप्रत्यक्ष रुपमा आफ्नो तर्फबाट शत प्रतिशत दिएर आफ्नो भूमिका निर्वाह गर्नेछु ” ।

टोनु घोताने अध्यक्ष रहेको कार्यकालमा एनआरएनए अष्ट्रेलियाले विद्यार्थीहरुको लागि हेल्प डेस्क, अष्ट्रेलियामा काम पाउन सहयोग गर्ने विभिन्न तालिम, अष्ट्रेलियामा असमायिक निधन भएकाहरुको शव नेपाल लैजानको लागि सहयोग, अष्ट्रेलियामा अप्ठ्यारोमा परेका तथा बिरामीहरुका लागि सहयोग साथै नेपालमा लगानीको लागि र नेपालको पर्यटन प्रबर्द्धनको लागि कार्यक्रम , नेपालमा विभिन्न सहयोगको लागि कार्यक्रम लगायतका प्रभावकारी कार्यक्रम संचालनमा ल्याएको छ ।

Gift sending to Nepal is too easy from Cake to Nepal.Here's the short video of how to order any gifts from our web portal.Book any gifts online within just a click,Vist the link below: >> www.caketonepal.com << Or call,+61451069850+61 3 83758978+61452549850 (Viber)#caketonepal #mothersday #mothersdaypackage #newpackages #trending #love#happiness #mother #cakes #gifts #giftformom #nepal #usa #australia #giftsonline

Posted by Cake to Nepal on Monday, April 29, 2019

Comments