नेपाल क्रिकेट संघ क्यानले आगामी अक्टुबर २३ देखि मलेसियामा हुने डिभिजन थ्रीका लागि खेलाडीको छनोट गरेको छ ।

पारस खड्काको कप्तानीमा छानिएको १४ सदस्यीय टोलीमा अमृत भट्टराई पनि परेका छन् ।  छनौटमा परेका खेलाडीहरूमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, सरद भेसवाकर, शक्ति गौचन, बसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी,  सागर पुन, मेहबुब आलम, भुवन कार्की, आरिफ शेख, नरेश बुढाऐर, अमृत भट्टराई रहेका छन् । कात्तिक १३ गतेसम्म सञ्चालन हुने  प्रतियोगितामा नेपालसहित युगाण्डा, अमेरिका, बर्मुडा, सिंगापुर र आयोजक मलेसियाले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा शीर्ष दुई टोली डिभिजन दुईमा प्रवेश गर्नेछन् ।

प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेल कात्तिक ६ गते युगाण्डासँग खेल्नेछ ।

Comments