मेलबर्न । अष्ट्रेलियामा कामदारको तलब तथा सुविधामा वृद्धिको माग गर्दै प्रदर्शन भएको छ । अष्ट्रेलियाली श्रम संगठनहरुको राष्ट्रिय परिषदको आयोजनामा मेलबर्न सहरमा उक्त प्रदर्शन भएको हो ।

भिक्टोरियाका प्रिमियर ड्यानियल एण्ड्रुज लगायत बाम धारका सङ्घीय सांसदहरू एन्ड्रु जाइल्स, जेड कार्नी, केट थ्वेट्स र एडम बाण्टको समेत सहभागिता रहेको उक्त प्रदर्शनमा ५० हजार भन्दा बढी सहभागी भएको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् ।

बिहान १० : ३० देखि सुरु भएको प्रदर्शन ट्रेड्स हलबाट सुरु भई सप्रिंग स्ट्रीट स्थित राज्यको संसद् भवन पुगेर समापन भएको थियो।

उक्त प्रदर्शनमा तलब, भत्ता वृद्धि तथा बिदाको समय तथा लामो समयसम्म काम गर्दा कामदारहरूले पाउनु पर्ने पेनाल्टी रेट पुन: कायम हुनुपर्ने माग गरिएको थियो ।

Source : SBS News 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments