मेलबर्न । अष्ट्रेलियामा एक भारतीय कम्पनीले विद्यार्थीलाई एक घण्टा काम गरेको तलब ६ डलर भन्दा कम दिएको खुलेको छ । मेलबर्नमा बस्ने ती विद्यार्थीले आफू ठगिएको खुलाउंदै अरु विद्यार्थीलाई सजग रहन आग्रह गरेका छन् ।

भारतका मोहित जेनलाई भारतीय मूलका व्यक्तिले नै सरसफाई कामदारको रुपमा काम दिएका थिए । मोहितको काम झ्याल पुछ्ने, घरपछाडीको भुइँ पुछ्ने र स्टोररुम सफा गर्ने थियो । मोहितले यी सबै कामको अलग अलग पैसा दिने शर्तमा काम गरेका थिए । तर ती मालिकले उनको श्रमको शोषण गरेको मोहितको आरोप छ ।

मोहितका अनुसार उनले त्यहाँ पहिलो दिन दश घण्टा, दोस्रो दिन सात घण्टा र तेस्रो दिन तीन घण्टा गरि जम्मा २१ घण्टा काम गरे । तर ती मालिकले २१ घण्टा कामको मोहितलाई १ सय २० डलर मात्र दिए । मोहितले आफ्ना देशको, आफ्नै समुदायको व्यक्तिले नै आफूलाई ठगेकोले अझ बढी दुख लागेको बताएका छन् ।

Source : SBS News 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments