मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा बिहीबार मार्च १ तारिखमा भएको सडक दुर्घटनामा घाइते भएकी नेपाली युवती निश्मा श्रेष्ठको निधन भएको छ ।

घाइते श्रेष्ठको अस्पतालमा उपचारको क्रममा मार्च ४ मा निधन भएको हो । तर उनको परिवारका सदस्य मेलबर्न नआइपुगेकाले श्रेष्ठको निधनको खबर गोप्य राखिएको थियो । बिहीबार ७ मार्चमा उनका आफन्तजन मेलबर्न आइपुगेपछि अस्पतालले निधन भएको औपचारिक रुपमा जानकारी दिएको थियो ।

नेपालमा काभ्रे घर भई हाल मेलबर्नमा पढाईको सिलसिलामा ग्लेनरोयमा बस्दै आएकी श्रेष्ठ बिहीबार मार्च १ तारिख राति करिब एक बजेतिर गाडीले ठक्कर दिएको थियो । सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिएको र उनको टाउकोमा गम्भीर चोट लागेको थियो । सडक दुर्घटनामा परेपछि गाडीका चालक आफैंले प्रहरीलाई खबर गरेका थिए ।

निश्माले निधन अघि आफ्नो अंग दान गर्ने निर्णय गरेकी थिइन् ।

Comments