आज बिहान चितवनको दारेचोक ९  फिस्लिंगमा ट्रक र कार ठोक्किँदा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको चितवनका प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले जानकरी दिनुभयो ।
मुग्लिनबाट काठमाडौं आउँदै गरेको ना ४ ख ४४१ नम्वरको ट्रक र काठमाडौंबाट मुग्लिनतर्फ गइरहेको बा ३ च ५५१६ नम्वरको कार एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो । बिहान ८ बजे भएको दुर्घटनामा घटनास्थलमै मृत्यु हुनेमा कार चालक सिर्जन पोख्रेल ,काठमाडौं लप्सिफेदीका ३५ वर्षका सरोज तिवारी, सोही ठाउँका ललिता तिवारी रहेका छन् । गम्भिर घाइते भएका साधुराम तिवारीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो त्यस्तै लप्सिफेदिकै आयुषा तिवारी गम्भिर घाइते रहेको र उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

घटनाको कारण नखुलेको र अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । अहिलेसम्म ट्रकचालक सम्पर्कमा आएका छैनन ।

Comments