काठमाडौँ । ताप्लेजुङमा १३ अगाडी पनि भीआईपी चढेको हेलिकप्टर दुर्घटना भएको थियो ।

२०६३ भदौ ७ गते (१३ वर्षअघि) बहालवाला वन राज्यमन्त्री गोपाल राई र उनकी पत्नी मिनासहित चढेको श्री एयरलाइन्सको हेलिकप्टर ताप्लेजुङको घुन्सामा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा २४ जना परेका थिए।

तत्कालीन् वन राज्यमन्त्रीसहित पूर्वमन्त्री -श्रम तथा यातायात) समेत रहेका योजनाविद् हर्क गुरुङ, डब्लूडब्लूएफ नेपालका नेपाल प्रतिनिधि चन्द्रप्रसाद गुरुङ, वन सचिव दामोदर पराजुली, राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक नारायणप्रसाद पौडेल र पूर्व महानिर्देशक तीर्थमान मास्के, वन विभागका महानिर्देशक शरद राई, संरक्षणणविद्हरु मिङ्मा नोर्बु शेर्पा, यशिछोडेन लामा, दावाछिरिङ शेर्पा, नेपालका लागि फिनल्याण्डका राजदूत पाउली मुस्टोनेन, यूएसएआईडीका उपमहानिर्देशक मार्गरेट एलेक्जेन्डर, बिनाज आचार्य, डब्लूडब्लूएफ युकेका जील बोविङ र जेनिफर हेड्ली, म्याथ्यो पि्रस र नेपाल टेलिभिजनका पत्रकारद्वय हेमराज भण्डारी र सुनिल सिंह परेका थिए।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments