इजिप्टको दक्षिणी प्रान्त आजवानमा आज दुईवटा मिनिबस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी ३० जनाको मृत्यु भएको छ भने कम्तीमा १५ जना घाईते भएका छन् ।

कायरोदेखि ९ सय ३० किलोमिटर दक्षिणमा पर्ने इद्फु इलाकानजिकै सो दुर्घटना भएको हो । उच्च गतिमा सवारी साधन चलाउनु नै यस दुर्घटनाको कारण भएको प्रारम्भिक अनुसन्धानमा जनाइएको छ । गत अगस्तमा पनि सिनाई प्रायद्वीप नजिकै भएको दुर्घटनामा ३१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४१ जना घाइते भएका थिए । इजिप्टमा वार्षिक रुपमा सडक दुर्घटनामा रि करिब १२ हजार व्यक्तिको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Comments