काठमाडौं । गैर आवासीय नेपाली संघ ( एनआरएनए) अष्ट्रेलियाले नेपालका दूर्गम क्षेत्रका नौं वटा विद्यालयलाई १÷१ लाख आर्थिक सहायता उपलब्ध गराएको छ ।

एनआरएनए, अष्ट्रेलियाले नेपालको दूर्गम भेगमा रहेका नौं वटा विद्यालयका गरिव तथा जेहन्दार विद्यार्थीहरुको पठनपाठनका लागि आवश्यक सहयोग गर्न लागेको हो । एनआरएनए, अष्ट्रेलियाका विजय पोखरेलले दूर्गम क्षेत्रका गरिव जनताका छोराछोरीको पठनपाठनका लागि सहयोग पुगोस् भन्ने उद्देश्यका साथ सहायता रकम हस्तान्तरण गरिएको स्पष्ट पार्नु भयो ।

हस्तान्तरणका गरिएका १ लाख रुपैयाँ विद्यालयहरुले अक्षय कोष बनाई गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई हस्तान्तरण गर्नुपर्नेछ । एनआरएनएका अध्यक्ष भवन भट्टले नेपालको दुर्गम क्षेत्रका विद्यालयहरुलाई आर्थिक सहायता उपलब्ध गराउने अभियाननै सञ्चालन गर्ने प्रतिवद्धता जनाउनु भयो । एनआरएनए आवद्ध रहेका विश्वका ८० मुलुकका विद्यालयसँग नेपालका सबै स्थानीय तहका छानिएका विद्यालयहरुको मितेरी सम्बन्ध विस्तार गर्न पहल गर्ने प्रतिवद्धता पनि जनाउनु भयो ।

गैर आवासीय नेपाली संघले नेपालको आर्थिक विकासमा आवश्यक लगानी भित्र्याउने प्रतिवद्धता पनि जनाउँदै आएको छ ।

Comments