काठमाडौं । मकवानपुरको राक्सिराङमा ४२ वर्षअघि शुरु गरिएको ६ किलोमिटर बाटो निर्माणकार्य बल्ल सकिएको छ । ४२ वर्षपछि सडक पुगेपछि लस्करै सवारीसाधनहरु मनहरी हुँदै राक्सिराङको केन्द्र चैनपुर पुगेका छन् ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार राक्सिराङ गाउँपालिका प्याङ्चे अर्थात् प्रदेशद्वारमा रिबन र केक काटेर उद्घाटन गर्नुभयो । मोटरबाटो सञ्चालन भएको खुसियालीमा स्थानीय वासिन्दाले अतिथिको भव्य स्वागत गरेका थिए ।

मोटरबाटो निर्माण कार्य २०३३ सालदेखि शुरुवात गरिएको थियो । राक्सिराङ अधिकांश चेपाङ जातिको बसोवास भएको ग्रामीण क्षेत्र हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments