काठमाडौं । तपस्वीको भेषमा आश्रमभित्र आफ्ना अनुयायीहरुमाथि बलात्कार, हत्या र हिंसा गरेको भन्दै आरोप लागेका रामबहादुर बम्जनमाथि प्रहरीको अनुसन्धान जारी रहेको छ । बम्जनको आश्रमबाट हालसम्म ५ जना बेपत्ता भएपछि उनीहरुको खोजीकार्यका साथसाथै घटनाको अनुसन्धानमा सक्रियताका साथ लागेको प्रहरीले जनाएको छ ।

पहिलो चरणमा बेपत्ता भएका मकवानपुर हेटौंडाका सञ्चलाल बाइवालाई अनुसन्धानको केन्द्रमा राखिएको र यसबारे बलियो प्रमाण खोजिरहेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख मुकुन्द मरासिनीले बताउनुभयो । सिन्धुपाल्चोक प्रहरीले बाइवाको हत्या भएको भनिएको बाँडेगाउँ र हाल बम्जन बस्दै आएको सिन्धुली आश्रमबाट एकसाथ अनुसन्धान अघि बढाइरहेको छ ।

बम्जनको आश्रमबाट बेपत्ता हुनेहरुमा हेटौंडाका सञ्चलाल बाइवा, फूलमाया रुम्बा (डोल्मो), नुवाकोटका कर्मा तामाङ (चुल्मो), जितपुर सिमराका सुरेश आले मगर र सर्लाहीका रीता बोट रहेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments