काठमाडौं । भौतिक तथा विकाश मन्त्रालयका उपसचिव रुद्रप्रसाद लामिछानेमाथि आफ्नै छिमेकी कुटेको आरोप लागेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका -२ बस्ने लामिछानेले ७७ वर्षीय क्षेत्रप्रसाद ढकाललाई कुटेको आरोप छ ।

दुईजजाबीचको २०४५ सालदेखिको जग्गा विवादका कारण उपसचिव लामिछानेले कुटपिट गरेर गम्भिर घाईते बनाएको ढकालका छोरा सकिलले जानकारी दिनुभयो । तर उपसचिव लामिछानेले भने ढकालले आफ्नी पत्नी कल्पनालाई कुटपिट गरेपछि धकेलाधकेल मात्र भएको दाबी गर्नुभएको छ ।

उपसचिव लामिछानेले वृद्धमाथी कुटपिट गरेको भन्दै नातेदार अमृत ढकालले महानगरीय प्रहरी वृत्त वालाजुमा निवेदन दिनुभएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments