काठमाडौं । तीन दशकअघि लिएको ऋण चुक्ता नगरेपछि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख (गभर्नर) मोहनराज मल्ल कालोसूचीमा परेको खुलेको छ ।

नेपाल बैंक लिमिटेडका अनुसार मल्ल समूहले २०४१/०४२ सालमा बैंकबाट लिएको ९८ लाख ५३ हजार रुपैयाँ भुक्तानी नगरेपछि कालोसूचीमा राखिएको छ । ऋण लिएको तीन वर्षपछिबाट यो समूहले साँवाब्याज केही पनि भुक्तानी नगरेपछि २०४७ कात्तिक ३० देखि कालोसूचीमा राखिएको हो ।

कालोसूचीमा परेको व्यक्ति प्रदेश प्रमुख बन्न नपाउने संवैधानिक व्यवस्था भएको हुँदा मल्ल अयोग्य भएको संविधानविद्को भनाइ छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments