मेलबर्न । अष्ट्रेलियामै केही दिनदेखि गर्मी अत्यधिक बढेको छ । भिक्टोरिया राज्यमा तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथी रहने बताइएको छ। मेलबर्नमा सम्भवत: तीन वर्ष यताकै उच्च तापक्रम रहनेछ ।

आपतकालीन सेवा मन्त्रालयले क्याम्पफायर नगर्न सबैलाई आग्रह गरेको छ । यदि क्याम्फायर गरेको भएमा आगो राम्रोसंग निभेको यकिन गरेर मात्र त्यो ठाउँ छोड्न सचेत बनाएको छ । तापक्रम अत्यधिक भएकोले आगो क्षणभरमै फैलिएर भौतिक तथा मानवीय क्षति हुनसक्ने बताउंदै मन्त्रालयले उक्त आग्रह गरेको हो । गर्मी संगै हावा हुरी तथा चट्यांगको सम्भावना भएकोले सबैलाई सतर्क रहिरहन आग्रह गरिएको छ । यसको साथै मन्त्रालयले पानी प्रशस्त मात्रामा पिउन र अत्यावश्यक नभएको खण्डमा बाहिर ननिस्कन समेत आग्रह गरेको छ ।

भिक्टोरियाको उत्तरपश्चिम भागमा ४६ डिग्री मेलबर्नमा ४२ डिग्री सम्म तापक्रम बढ्न सक्ने बताइएको छ । मौसम पूर्वानुमान विभागले मेलबर्न लगायत केही क्षेत्रमा दिउँसो ४ बजे देखि तापक्रम घट्न सक्ने बताएको छ ।

स्रोत : एसबिएस न्युज

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments